दलित महिला जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग
प्रकाशित मिति : २०७५, २५ जेष्ठ शुक्रबार १४:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ, २५ जेठ- प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भन्नुभयो ।
उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा ९एमाले० बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।
सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गर्नुभयो ।