डा.योगीको नेतृत्वमा वडा नम्बर १२ मा शनिबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
प्रकाशित मिति : २०७५, २६ जेष्ठ शनिबार १९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सौरभ गिरी/नेपालगन्ज,२६ जेठ।नेपालगन्जको वडा नम्बर १२ मा निशुल्क स्वास्थ्य शिबीर कार्यक्रम सम्पन्न भएको छ। अति बिपन्न समुदायलाई टेवा पुग्ने गरी स्वास्थ्य शिबिरको आयोजना गरिएको हो। वडा नम्बर १२ बेलासपुरको चिडिमार टोलमा गरिएको निशुल्क स्वास्थ्य शिबिरमा १०० बढी बिरामीहरुले स्वास्थ्य जाँच गराएको शिबिरका प्रमुख डा.शुभाष योगीले बताए।
Advertisement
यस शिबिरमा धेरै गम्भीर खालका बिरामी पनि देखिएको हुदा उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना हुन रिफर गरिएको समेत डा.योगीले बताए। त्यस्तै निशुल्क स्वास्थ्य शिबिरमा आँखा सम्बन्धी धेरै आएको हुदा सम्बन्धित आँखा बिशेसज्ञलाई देखाउन सुझाब दिएको डा.नीतु बस्नेतले बताइन।वडा नम्बर १२ को आयोजना र नेपालगन्ज मेडिकल कलेजको सहयोग रहेको निशुल्क स्वास्थ्य शिबिरमा अस्पतालमा रिफर गरिएका बिरामिहरुलाई केहि छुट गर्ने नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रशाशन प्रमुख कुमार अधिकारीले बताए। शनिबार दिउँसो १२ बजे सुरु भएको स्वास्थ्य शिबिरमा अध्यक्ष बुद्दि सागर सुबेदी,नेपालगन्ज मेडिकल कलेजका बरिष्ठ फिजिसियन डा.सुभाष योगी, मेडिकल अधिकृत डा.नीतु बस्नेत,कुमार अधिकारी, वडा सदस्य दिनेश राज पन्त, पत्रकारहरु लगायत धेरै स्थानीयहरुको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष सुबेदी,डा.योगी ,कुमार अधिकारी र सदस्य दिनेश पन्तले मन्तब्य राखेका थिए।
त्यस्तै आज शनिबार भेरी ब्रिद्द तथा असहाय सेवा केन्द्र नेपालगन्जले वडा नम्बर १४ को बाले गाउँमा निशुल्क औषधी बितरण तथा स्वास्थ्य शिबिरको आयोजना गरेको छ। नेपालगन्ज मेडिकल कलेजको सहयोगमा गरिएको उक्त स्वास्थ्य शिबिरमा डा.सुभाष योगी लगायत डा.नीतु बस्नेतले ४५ जना बृद् बृद्धाको स्वास्थ्य जाँच गरेका थिए। हामीले ३५ जनाको जाँच गरेका छौ तर त्यसमा सबैभन्दा बढीमा हड्डी र दमको समस्या देखिएको डा.योगीले बताए।