जब किमले भने- ‘नाइस टू मीट यू मिस्टर प्रसिडेन्ट’ "शताब्दिकै ठूलो ‘भेटवार्ता’ सम्पन्न "
"शताब्दिकै ठूलो ‘भेटवार्ता’ सम्पन्न "
प्रकाशित मिति : २०७५, २९ जेष्ठ मंगलवार ०९:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक वार्ता भएको छ । करिव पचास मिनेट दुई नेताबीच वार्तालाप भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
Advertisement
दुवै नेताले आपसमा हात मिलाएर ऐतिहासिक भेटघाटको शुरुवात गरेका थिए । वार्तामा बस्नुअघि दुवै नेताले छोटो प्रेस कन्फ्रेन्स गरेका थिए ।
सो क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– ‘म अत्यन्त प्रफुल्ल महसुस गरिरहेको छु । हामीबीच शानदार कुराकानी हुनेवाला छ र मलाई लाग्छ कि यो भेटघाट जबर्जस्त रूपमा सफल बन्नेछ । हामीबीच राम्रो सम्बन्ध स्थापित हुनेमा मलाई कुनै शंका छैन ।’
व्यग्र प्रतीक्षा र अनेक आशंका–अनुमानबीच किमले पनि कसैलाई निराश तुल्याएनन् । मुस्कुराउँदै हात हल्लाएर उनले आफू राष्ट्रपति ट्रम्पसँग वार्तामा बसेर सुखद परिणाम दिन लागेको सन्देश प्रवाहित गरिदिए ।
दुवै नेताले पचास मिनेट कुराकानी गरेपश्चात किम र ट्रम्प दुवै यतिबेला आफ्ना साथ सिंगापुर पुगेका वरिष्ठ सल्लाहकार तथा सहयोगीहरूसँग बैठक गरिरहेका छन् ।
वार्ताको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
हेर्नुहोस् ऐतिहासिक भेटवार्तासँग सम्बन्धित क्षणको भिडियो