नेपालगन्ज भन्सारबाट ८४ टन चामल शसस्त्र प्रहरीद्वारा बरामद
प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार २३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हरि अधिकारी,नेपालगंज, ३१ जेठ।बुधबार राती ९ः३० बजे भन्सार कटी सकेपछी ४ वटा गाडीमा ल्याईको ८४ टन चामल बिशेष सुराकी को आधारमा शसस्त्र प्रहरी नेपाल प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहले पक्राउ गरको छ । कागज पत्रमात्र हेरेर छोडेको तर भित्र के छ भनेर नहेर्दा लार्पबाही भएको श्रोतको दाबी छ । कागजीको भरमा राती मात्र यसरी मालसमान पास गराउने भन्सार पहिलो पटक भने होईन। श्रोत का अनुसार कर्मचारीको मिलोमतोमा लाखौ रुपैया राजश्व छली हुदै छ। कसरी पास हुदै थियो चामल यो बिषयमा भन्सार प्रमुख केही बोल्न चाहेनन् । भन्सारको कर्मचारी र उक्त कार्यालय ले राखेको एजेण्ट को बारेमा भन्सार प्रमुख जनार्दन आर्चाय भन्छन्— अनुसन्धान भईराखेको छ, म यो बिषयमा केही बोल्न चाहन्न मलाइ काम गर्न दिनुस पछी काम सकिए पछी सबै कुरा बाहिर ल्याउछु । पैठारी गरीएको बिल र प्याकिङ्गमा फरक अर्थात खोल नेपालको गुदी भारतको देखिए पछी उक्त चामल सहितको ट्रक हाल भन्सारको निग्रानी मा राखिएको छ । ना ६ ख ५२०७, ना ७ ख १६१३ उपहार लेखिएको चामल को बोरा ४२ टन छ भने ना ७ ख १२४४ , ना ६ ख ५२०६ नं. को गाडी मा बजरंगी लेखिएको चामल ४२ टन रहेको श्रोत ले जानकारी दिएको छ । उक्त चामल शिखरदीप एग्रो प्रा. ली. भक्तपुर मा रहेको केदार नाथ शर्माको नाममा जादै थियो । भारत बाट रुपैडिया नाका हुदै नेपाल भित्रीय उक्त माल बहाक ट्रक मा ल्याईको चामलको बोरामा प्रोडक्ट अफ नेपाल र प्रोसेसड एण्ड प्याक्ड बाई शिबा शिखर एग्रो प्रा. ली . कोहलपुर ५ बाँके लेखिएको थियो ।
Advertisement