बिश्वकपको दोश्रो दिनमा उरुग्वे बिरुद्द इजिप्ट,मोरक्को बिरुद्द ईरान र पोर्चुगल बिरुद्द स्पेन
प्रकाशित मिति : २०७५, १ असार शुक्रबार १०:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल तस्बिर
नेपालगन्ज,१ असार।विश्वकप २०१८ बिहीबार देखि सुरु भएको छ। हिजो बिहीबार समूह ‘ए’को पहिलो खेलमा आयोजक रसियाद्वारा साउदी अरेबिया ५-० गोलले पराजित भयो ।
Advertisement
आज शुक्रबार समूह ‘ए’ को दोश्रो खेल उरुग्वे र इजिप्ट बिच हुदै छ।
उरुग्वे बिरुद्द इजिप्ट
दुई पटकको बिश्वकप बिजेता र फिफा वरियतामा १४ औं स्थानमा रहेको उरुग्वे इजिप्ट भन्दा निकै बलियो टोली रहेको छ।उरुग्वेको रक्षापंक्ति तथा अग्रपंक्ति दुवैमा बलियो रहेको छ । उरुग्वेबाट लुइस स्वारेज र काभानी जस्ता फुटबलका हस्ती भएको हुदा इजिप्टलाईलाई धेरै कठिन हुन सक्ने छ। त्यस्तै
इजिप्टको आशा भने स्टार फरवार्ड मोहम्मद सालाह नै रहेका छन् । लिभरपुललाई च्याम्पियन्स लिग फाइनलसम्म पुर्याएका सालाह फाइनल खेलमा घाइते भए पनि आज खेल्ने अनुमान गरिएको छ ।
मोरक्को बिरुद्द ईरान
आज शुक्रबार विश्वकप समूह ‘बि’ अन्तर्गतको पहिलो खेलमा इरान र मोरक्को भिड्दै छन् ।
मोरक्को अफ्रिकी महादेशमा फुटबलमा डिफेन्सका लागि चिनिने राष्ट्र हो । छनोट चरणमा मोरक्कोले ६ लगातार क्लिन शिट पनि राखेको थियो । त्यस्तै अग्रपंक्तिमा पनि खलिब बुतेब र हाकिम जेयचले मरोक्कोको गोलको कमान सम्हाल्ने छन् । त्यस्तै तर्फ इरान पनि एसियाबाट सजिलैले छनोट हुन सफल भएको हो । तुलनात्मक रुपमा कमजोर विपक्षीहरुसंग खेले पनि इरानले आफ्नो ९ मध्ये ६ मैत्रीपूर्ण खेल जित्न सफल भएको थियो ।
पोर्चुगल बिरुद्द स्पेन
बिश्वकप फुटबलको समुह ‘बी’ दोश्रो खेल यूरोपका २ महारथी बिच भिडन्त हुदैछ। २०१० को बिश्वकप बिजेता स्पेन र २०१६ को यूरोकप बिजेता पोर्चुगल बिच हुदैछ।
स्पेनको बलियो टोलीमा सर्जियो,इनिस्टा,डिएगो कोस्टा,सिल्भा,पिके र रामोस जस्ता अनुभबी खेलाडीहरु हुदा पोर्चुगललाई धेरै कठिनाई मा पार्न सक्छ। त्यस्तै पोर्चुगल पनि लयमा रहदै आउँदा त्यसमा पनि बि.अल्भेस,पेपे,रिकार्डो र रोनाल्डो जस्ता हस्ती संग स्पेनलाई समेत दबाबमा पार्न सक्ने अनुमान गरिएको छ।एजेन्सी।
शुक्रबार हुने खेल नेपाली समय अनुसार
उरुग्वे बिरुद्द इजिप्ट- ५:४५ /अनुमान(उरुग्वे २-० इजिप्ट)
मोरक्को बिरुद्द ईरान- ८:४५ /अनुमान( मोरक्को २-१ ईरान )
पोर्चुगल बिरुद्द स्पेन- ११.४५ बजे /अनुमान (पोर्चुगल २-२ स्पेन )