प्रदेश पाँचको बजेट २८ अर्ब बढी, पर्यटन र कृषिमा जोड
प्रकाशित मिति : २०७५, १ असार शुक्रबार १८:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,१ असार । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हानु भएका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा पेश गरेको बजेटमा चालू खर्च तर्फ ११ खर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत तर्फ १६ अर्ब ६२ करोड ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटले पर्यटन प्रर्बद्धनदेखि औद्योगिक तथा कृषि क्षेत्रलाई जोड दिएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री समेत रहनुभएका मुख्यमन्त्री पोख्रेलले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाँकेमा मानसरोबरको प्रतिकात्मक पार्क निर्माण गर्न २ करोड बजेट विनियोजन गरिएको बताउनुभयो । त्यसैगरी नौवस्ताको औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि ५ करोड रकम विनियोजन गरिएको छ । नेपालगन्जमा सभा हल निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि १ करोड रकम विनियोजन गरिएको मन्त्री पोख्रेलले बताउनुभयो । बाँके र कपिलबस्तुलाई साक्षर बनाई समग्र प्रदेश ५ लाई आगामी बर्ष साक्षर घोषणा गर्न बजेटले जोड दिएको छ । त्यस्तै नेपालगञ्जमा जडिबुटी प्रशोधन केन्द्र बनाउन सम्भाव्यता अध्ययनका लागि पनि बजेट छुट्याइएको छ ।
Advertisement