नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा बिश्वकपका खेलहरु ठुलो पर्दामा
प्रकाशित मिति : २०७५, २ असार शनिबार १५:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ असार।२१ औ बिश्वकप फुटबल जुन १४ देखि रसियामा शुरू भएको छ। बिश्वकप शुरू सगै अहिले सन्सार फुटबलमय बनेको छ। हरेक फुटबल प्रेमीले आफ्नो आफ्नो समर्थन देश छनौट गरेका छन। त्यस्तै नेपालमा पनि बिश्वकपमय बनेको छ। आफ्नो आफ्नो रोजाईको पोशाक सहित फुटबल हेर्न मस्त भएका छन। नेपालगन्ज उपमहानगरपालिमा समेत फुटबलमय बनेको छ।ब्राजिलका धेरै समर्थक रहेको नेपालगन्जमा फुटबल प्रेमीलाई बिश्वकप हेर्न छुट्टै आनन्द दिन प्रोजेक्टर मार्फत ठुलो पर्दामा फुटबल खेल देखाइन थालेको छ।नेपालगन्ज उपमहानगरपालिकाको पश्चिम तर्फ रहेको सुनाखरी रेस्टुरेन्टमा बिश्वकप बिशेष प्रोजेक्टिर शुरू गरिएको छ। फुटबल प्रेमीहरुले आनन्द र मनोरन्जन बाताबरणमा बेग्लै किसिमले बिश्वकप फुटबल खेलहरुको मजा लिने उद्देश्यका साथ प्रोजेक्टरमा खेल देखाउन शुरू गरेको सुनाखरी रेस्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताए। बिश्वकप फ़ुटबलको दोश्रो दिन देखि शुरू गरिएको प्रोजेक्टर फूटबल शोमा थुप्रै फुटबल प्रेमिहरुले आनन्द लिएको बताए। रेस्टुरेन्टमा पर्दामा बिश्वकप अवधिभरीनै सबै खेलहरु देखाइने र सेमीफाइनल र फाईनल खेलमा भने प्रबेश शुल्क लिने शर्माले बताए। सेमीफाइनल देखि निकै चाप बढ़ने भएको हुदा धेरै भीडभाड र होहल्ला नहोस् भनेर साधारण टिकेट लिने प्रबन्ध निर्देशक शर्माले बताए। शुल्क तिर्न फुटबल प्रेमीहरुको लागी केहि सुबिधा समेत दिईने शर्माले बताए।
Advertisement
तस्बिर:याहू