समूह ‘सी’को पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हरायो "जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल "
"जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल "
प्रकाशित मिति : २०७५, २ असार शनिबार १८:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ असार । विश्वकप समूह ‘सी’को पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरु धमाधम भए । फ़्रान्सका एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिएको थियो । पेनाल्टीमा ग्रिजम्यानले गोल परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए । तर त्यसको ५ मिनेट नबित्दै सामुयल उम्टिटीको ह्यान्ड बलमा अष्ट्रेलियाले पेनाल्टी पायो र कप्तान मिले जेडिनामले सो परिणत गर्दै खेल बराबर पारे । यसैगरी खेलको ८० औं मिनेटमा पल पोग्बाले प्रहार गरेको बल क्रसबारमा लाग्दै गोल-लाइन भित्र पसेर बाहिर निस्किंदा फेरी भिएआरको प्रयोग गरिंदै गोल दिइएको थियो ।
यस जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल भएको छ ।
Advertisement