डा.योगीले गरे २०० बढीको स्वास्थ्य जाँच
प्रकाशित मिति : २०७५, २ असार शनिबार २३:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२ जेठ।बाँकेको जानकी गाउँपालिकामा शनिबार स्वास्थ्य शिबिर सम्पन्न भएको छ। नागरिकका लागी स्वास्थ्य जाँच तथा उपचार शिबिर अन्तगर्त आज शनिबार २०० बढी बिरामीहरुको स्वास्थ्य जाँच गरिएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका बरिष्ठ फिजिसियन डा.शुभाष योगीले बताऊनु भयो। जानकी गाउँपालिकाको बेलभारमा गरिएको स्वास्थ्य शिबिरमा धेरै जसो दम,हाडजोड़नी सम्बन्धीका बिरामी देखिएको डा.योगीले बताउनु भयो। एक हप्ता सम्म चल्ने उक्त शिबिरमा गाउँपालिकाबाट स्वास्थ्य जाँच गराउन आएका थिए। शिबिरमा डा.योगी सगै नेपालगन्ज मेडिकल कलेजकि मेडिकल अफिसर समीक्षा थापाको सहभागिता रहेको थियो। शिबिरमा धेरै जसो बृद्धा ब्रिद्द लगायत बलबालिकाले स्वास्थ्य जाँच गराउंदा धेरैलाई समस्या भएको हुदा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा गएर जाँच गराउन सुझाब दिएको डा.योगीले बताउनु भयो। यस्तो निशुल्क स्वास्थ्य शिबिरमा गएर सेवा गर्न पाउदा राम्रो लाग्ने र समाज सेवा गर्न पाउदा धेरै राम्रो लाग्ने भएको हुदा शिबिरका बिरामिहरुलाई भोलीका दिनमा समस्या भयो भने डा.योगीलाई सम्झेर आउदा आफु ख़ुसी हुने डा.योगीले बताउनु भयो।
Advertisement