प्रदेश ५, कर्णाली र प्रदेश ७ मा गरिबीको दर उच्च
प्रकाशित मिति : २०७५, ३ असार आईतवार १७:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ३ असार । प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ मा गरिबीको दर राष्ट्रिय औसत २५.२ प्रतिशत भन्दा उच्च छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक तथा जनसांख्यिक प्रोफाइलका अनुसार सबैभन्दा बढि प्रदेश ७ मा गरिबीको दर ४२.० प्रतिशत, गरिबीको विषमता १२.१ प्रतिशत, तथा गरिबीको गहनता ४.६ प्रतिशत छ । बहु–आयामिक गरिबीको दरलाई विश्लेषण गर्दा भने कर्णाली प्रदेशमा सबैभन्दा बढी गरिबी देखिन्छ । त्यसपछिका गरीब प्रदेशहरुमा प्रदेश ७ र प्रदेश ५ पर्ने रिपोर्टमा उल्लेख छ । प्रदेश ५ मा खानेपानीको सुविधा भने राष्ट्रिय औसत ८५.९ प्रतिशत भन्दा उच्च रहेको छ । तर कर्णाली प्रदेशमा सबैभन्दा कम ६४.५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ । विद्युत सुविधाको उपलब्धतालाई हेर्दा कर्णाली प्रदेशमा राष्ट्रिय औसत ६७.७ प्रतिशतको तुलनामा अत्यन्त न्यून अर्थात् २१.७ प्रतिशत घरधुरीमा मात्र विजुलीको सुविधा पुगेको छ । त्यसैगरी, प्रदेश ७ मा पनि केवल ४८.४ प्रतिशत घरधुरीमा मात्र विजुलीको सुविधा पुगेको छ ।
Advertisement