डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या "सदरमुकाम दुनैबाट पठाइएको थप प्रहरी घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने "
"सदरमुकाम दुनैबाट पठाइएको थप प्रहरी घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने "
प्रकाशित मिति : २०७५, ४ असार सोमबार १२:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दुनै, डोल्पा, ४ असार । हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ ।
Advertisement
डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ ।
मृतकले यार्सागुम्बा बेचेर कमाएको रु ७०-७५ हजार नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।
जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रुपमा भइरहेको छ ।
सञ्चारको कुनै पनि सुविधा नभएका कारण राति १ बजे प्रहरी चौकी धो मा जानकारी आएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रनाउ शर्माको भनाइ छ ।
उहाँका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी पठाइएको तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने छ ।
प्रहरी चौकी धोबाट घटना घटेको पाटनसम्म जान चार घण्टाभन्दा धेरै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन्।
भौगोलिक विकटता र घटना घटेको स्थान निकै जोखिम भएका कारण शव ल्याउनसमेत कठिन हुने भएको छ ।
मृतकका आफन्तलाई जानकारी गराइसकेको र निम्न परिवारका भएका कारण शव बुझ्न आउनसमेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक पुन मगरका छोरा मुस्ताङबाट आउँदै गरेको जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला सदरमुकामसम्म ल्याउनका लागि कम्तीमा पनि एक साता लाग्नेछ । रासस।