बिश्वकपको समूह ‘एच’को खेल आज हुँदै "कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा "
"कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा "
प्रकाशित मिति : २०७५, ५ असार मंगलवार १७:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ५ असार।रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ ।
Advertisement
समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुदैछ । त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह ‘ए’मा पहिलो खेल जितेको आयोजक रसियाले इजिप्टसँग प्रतिस्पर्धा गर्दै छ। आयोजकले आजको खेल जित्न सकेको खण्ड नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ ।
अर्को तिर पहिलो खेल उरुग्वेसँग १–० ले गुमाइसकेको इजिप्टले विश्व कपमा अघिल्लो चरणको सम्भावना जोगाउन आजको खेलमा सफल नतिजा निकाल्नु पर्ने हुन्छ । रसियाले उद्घाटन खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० ले हराएको थियो ।एजेन्सी।