कोलम्बियाले पायो पहिलो रातो कार्ड, जापानको सुरूवाती अग्रता
प्रकाशित मिति : २०७५, ५ असार मंगलवार १८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ५ असार । एसियाली टोली जापानले खेलको छैठौं मिनेटमा कोलम्बियाविरूद्ध अग्रता लिएको छ। खेलको पाँचौ मिनेटमा कोलम्बियाका सान्चेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जापानले पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता लिएको हो। जापानका लागि काग्वाले गोल गरेका हुन्।
Advertisement
२१औं संस्करणको रूसमा जारी विश्वकपमा कोलम्बियाका खेलाडी सान्चेज पहिलो रातो कार्ड पाउने खेलाडी भएका छन्।
लगातार छैटौं पटक विश्वकप खेलिरहेको जापान सन् २००२ को संस्करणमा नकआउट चरण पुगेको थियो। कोलम्बिया गत विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। त्यतिबेला कोलम्बिया १६ वर्षपछि विश्वकपमा सहभागी भएको थियो।