विश्वकप समूह ‘एच’को खेलमा पोल्यान्डलाई सेनेगलले २-१ ले हरायो
प्रकाशित मिति : २०७५, ५ असार मंगलवार २३:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,५ असार/एजेन्सी।विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ ।
Advertisement
पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए ।
खेलको अन्तिम मिनेटतिर ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेपनि सफल भएनन् । यस अघि समूहमा जापानले कोलम्बियालाई २-१ ले हराएको थियो । समूह विजेताका दाबेदार मानिएका कोलम्बिया र पोल्यान्ड दुवै अंकविहिन रहेका छन् ।