मोरक्कोलाई १–० ले पराजित गर्दै पोर्चुगलको खातामा ४ अंक
प्रकाशित मिति : २०७५, ६ असार बुधबार २१:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,६ असार/(एजेन्सी) ।सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए ।
Advertisement
मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ४ पु¥याएको छ । रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक पुरा गरेका थिए । रोनाल्डोले जोवा मौटन्होले प्रहार गरेको कर्नर बललाई हेडमार्फत गोल गर्दा मोरक्कोका गोलकिपर मुकदर्शक बनेका थिए । पहिले गोल गरेपछि पोर्चुगलले रक्षात्मक खेल खेल्दा अग्रता अन्तिम समयसम्म जोगाईराख्न सफल भयो । यता मोरक्कोले पनि गोलको केही मौकाहरु खेर फालेको थियो ।
समूहमा पहिलो जितसँगै पोर्चुगलले प्रि–क्वार्टरफाइनन पुग्ने सम्भावन बलियो बनाएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे पोर्चुगल अघिल्लो चरण प्रवेश गर्नेछ । लगातार दुई खेलमा हार बेहोरेको मोरक्को प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । मोरक्को पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको थियो ।