जर्मनीले स्वीडेनलाई पराजित गर्दै ३ अंक जोड़्यो
प्रकाशित मिति : २०७५, १० असार आईतवार ०७:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,१० असार/(एजेन्सी) ।विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २-१ ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे ।
Advertisement
स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो ।
जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रोयसले बराबरी गोल गरे भने इन्जुरी समयमा क्रुसले गोल गर्दै जर्मनीलाई ३ अंक दिलाए । हारेको अथवा बराबर भएको अवस्थामा जर्मनीलाई अन्तिम १६ पुग्न निकै कठिन हुने थियो ।
२ खेलबाट अहिले जर्मनीको ३ अंक रहेको छ भने स्वीडेनको पनि ३ अंक नै रहेको छ । मेक्सिकोको ६ अंक रहेको छ भने दक्षिण कोरिया अंक विहीन रहेको छ ।त्यस्तै जर्मनीका मुख्य रक्षक बोओटिंगले रातो कार्ड खाएका कारण अर्को खेल गुमाउने छन।