रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता, साउदी पनि विजयी
प्रकाशित मिति : २०७५, ११ असार सोमबार २१:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,११ असार । आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।
Advertisement
उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि रुसले पहिलो हाफ १० खेलाडीमै सकाउन परेको थियो । दोस्रो हाफको ९० औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका हुन् ।
अर्को खेलमा, प्रतियोगिताबाट बाहिरिसकेका साउदी अरेबियाले इजिप्टलाई २-१ ले हराउन सफल रह्यो । मोहम्मद सलाहको गोलमा अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा साउदी अरेबियाले दुई वटा पेनाल्टी जित्न पनि सफल भएको थियो । पहिलो पेनाल्टी एल हाड्रिले बचाऊ गरे पनि साउदीका लागि दोस्रो पेनाल्टीमा एल फराज चुकेनन् । ४५ वर्षे एल हाड्रि विश्वकपमा खेल्ने सबैभन्दा जेठो खेलाडी पनि बनेका छन् ।
साउदीका लागि अल-डसरीले अन्तिमा मिनेटमा गोल गर्दै साउदीलाई जित दिलाएका हुन् । उरुग्वेको ९ अंक रहेको छ भने रुसको ६ अंक रहेको छ । साउदी अरेबियाले ३ अंक बटुल्न सफल रह्यो भने इजिप्ट अंकविहीन रह्यो ।