स्पेनको ‘डोनास्टिक कप’मा सहभागिताका टिम राराका १७ किशोरीहरुलाई अवसर
प्रकाशित मिति : २०७५, १२ असार मंगलवार १४:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं, १२ असार- सुनाकली डकुमेन्ट्रीकै नेपालको समाजिक जीवनमा नै ठूलो प्रभाव ल्यायो। घर बाहिर निस्कन नपाउने किशोरीहरुलाई फुटबल खेल्नैका लागि अविभावकहरुले बिदाइ गरे । अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ‘डोनास्टिक कप’मा सहभागिताका लागि ठूलो अवसर जुट्यो ।
टिम रारालाई आवत जावत टिकटसहित, होटल व्यवस्थापनदेखिको लाखौं खर्च व्यहोर्दै स्पेनबाट आयोजकले निमन्त्रणा गरेको छ । १७ जना किशोरी र ५ जना व्यवस्थापकसहित २३ जनाको टोली सहभागी बन्नेछ ।
टिम संयोजक भोजराज भाटका अनुसार मुगुमा नै पुगेर छनोट अभ्यास मार्फत १७ जना किशोरीहरुको टिम तयार भएको हो । रारादेखि काठमाडौंसम्मको यात्रा नै चुनौती र कठिनाइ पूर्ण थियो । दिल्लीस्थित स्पेन दूताबासको भिसा प्रक्रियासम्म पुग्न धेरै कठिनाइहरु आए । अन्ततः रारा टिमले स्पेन आउने भिसा प्राप्त गरिसकेको छ ।
साथमा उनीहरुले एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्याससमेत गरेका छन्। डोनोष्टि कपमा १० वर्षदेखि १८ बर्षसम्मको उमेर समूह अनुसार टिम तयार गरिएको छ । पुरुषतर्फ बि(१० देखि बि(१८ सम्म झन्डै ३५० वटा टोली छन् । महिलातर्फ भने जी(१२, जी(१४, जी(१६ र जी(१८ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
टिम रारा रहेको जी(१४ मा (१४ बर्ष उमेर समूह० ९ वटा समूहमा ३६ टिमहरु सहभागी छन् । समूह जी अन्तर्गत राराले अमारा बेर्रीके, आनोग्रा केकेई र म्याड्रिड सीएफएफबीसँग खेल्ने छ । समूह चरण पार भएमा
जुलाई ५ र ६ तारेख नकआउट चरणमा पनि प्रतिस्पर्धा गर्नेछ ।