मध्यपश्चिम विश्वविद्यालयः रजिष्ट्रारको कार्यालयमा तोडफोड
प्रकाशित मिति : २०७५, १५ असार शुक्रबार १६:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
सुर्खेत, १५ असार – सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। स्वायत्त ईन्जिनियरिङ् संकायको माग गर्दै आन्दोलनरत ईन्जिनियरिङ् संकाय संघर्ष समितिका विद्यार्थीहरुले शुक्रबार तोडफोड गरेका हुन् ।
प्रयोगात्मक कक्षासहितको ईन्जिनियरिङ् अध्ययनको मागसहित १२ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका ईन्जिनियरिङ् अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । शुक्रबार बिहान विद्यालय प्रशासनले जर्बजस्ती ताला खोलिदिएपछि तोडफोड गरिएको संघर्ष समितिका सदस्य रोसन बस्नेतले बताए ।
इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु ईन्जिनियरिङ् संकायका विद्यार्थीहरुले राख्दै आएका छन् ।
तोडफोड नियन्त्रण गर्ने क्रममा नियन्त्रणका लागि खटिएका प्रहरीको लाठी लागेर तीनजना विद्यार्थी सामान्य घाईते समेत भएका छन् । तोडफोडबाट भवनका दुईवटा झ्यालहरुको सिसा फुटेको छ ।विद्यालय प्रशासन र विद्यार्थीबीच अहिले वार्ता भैरहेको छ ।