स्पेन र रुसको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा
प्रकाशित मिति : २०७५, १७ असार आईतवार २०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १७ असार (एजेन्सी) । विश्वकप २०१८ अन्तिम १६ को तेस्रो खेलको पहिलो हाफमा स्पेन र रुसले १-१ को बराबरी खेलेका छन् ।
Advertisement
मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काएका हुन् ।
स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।