रसिया र स्पेनबीचको खेल ‘एक्स्ट्रा टाइम’मा
प्रकाशित मिति : २०७५, १७ असार आईतवार २१:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १७ असार (एजेन्सी) । रसियामा जारी आयोजक राष्ट्र रसिया र स्पेनबीचको खेल ‘एक्स्ट्रा टाइम’मा पुगेको छ। निर्धारित समयमा दुबै टोली १-१ गोलको बराबरीमा भएपछि खेल थप ३० मिनेटको अतिरिक्त समयमा पुगेको हो।
Advertisement
इन्जुरी टाइमको समयसहित खेलमा पहिलो अग्रता स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको हो।
आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गरेको थियो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए।
रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड फिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको हो।
अब रसिया र स्पेनले थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि बराबरी गरेमा पेनाल्टीबाट क्वाटरफाइनल पुग्ने टोलीको निर्धारण हुनेछ।