दुनियाँलाई अचंमित बनाउदै विश्वकप २०१८ को क्वाटरफाइनलमा रसिया
प्रकाशित मिति : २०७५, १७ असार आईतवार २२:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,१८ असार(एजेन्सी) । दुनियाँलाई अचंमित बनाउदै विश्वकप २०१८ अन्तिम १६ को तेस्रो क्वाटरफाइनलमा रुसले स्पेनलाई पेनाल्टीमा ४-३ ले हराएको छ । नियमित समय १-१ मा सकिएको थियो ।
Advertisement
मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको थियो । सो पेनाल्टीमा रुसका स्ट्राइकर आर्तेम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काए ।
दोसोर् हाफमा भने दुवै टोली गोल गर्न असफल भएपछि खेल यस विश्वकपमा पहिलो पटक अतिरिक्त समयतर्फ लागेको हो । अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसकेपछी खेल पेनाल्टी सुट-आउटतर्फ गएको थियो ।
पेनाल्टी
स्पेन – आन्द्रेस इनिएस्टा : गोल (१-०)
रुस – फेडोर स्मोलोभ : गोल (१-१)
स्पेन – जेरार्ड पिके : गोल (२-१)
रुस – सेर्जे इग्नासेभिच : गोल (२-२)
स्पेन – कोके : सेभ (२-२)
रुस – एकेक्जान्डर गोलोभिन : गोल (३-२)
स्पेन – सर्जियो रामोस : गोल (३-३)
रुस – डेनिस चेरिसेभ : गोल (३-४)
स्पेन – इयागो आसपास : सेभ (३-४)
स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसके भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।