ब्राजिल र मेक्सिको पहिलो हाफसम्म गोलरहित बराबरीमा
प्रकाशित मिति : २०७५, १८ असार सोमबार २०:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१८ असार (एजेन्सी)। विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिल र मेक्सिकोले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाउँदा अग्रता बनाउन चुकेका हुन् ।
Advertisement
खेलको सुरुवाती समयमा नै मेक्सिकोले आक्रमक खेल खेल्दै गोल गर्ने एकपछि अर्को अवसर सिर्जना गरेको थियो । ब्राजिलले पनि पहिलो हाफको मध्यतिर राम्रो मौका गुमाउँदा अग्रता बनाउन सकेन ।
मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउने दाउँमा ब्राजिल रहेको छ । समरा एरिनामा सुरु भएको खेलमा ब्राजिलमाथि रोमाञ्चक जित हात पार्दै मेक्सिको विश्वकपको क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा मेक्सिको रहेको छ । ब्राजिल मेक्सिकोभन्दा बलियो टिम हो । यता, मेक्सिको पनि आफ्नो वास्तविक खेल खेल्दै ब्राजिललाई पराजित गर्ने रणनीतिमा छ ।