बाँकेमा सर्पदंशको बिगबिगी, यो बर्ष मात्रै ९ जनाले ज्यान गुमाए
प्रकाशित मिति : २०७५, २० असार बुधबार १६:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २० असार । सर्पले टोकर यो बर्ष मात्रै बाँकेमा ९ जनाको मृत्यु भएको छ । गत बर्ष २ जनाको मात्रै मृत्यु भएकोमा यो बर्ष बढेर ९ पुगेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ ।
बर्षा शुरु भएयता दैनिक ८–१० जना सर्पले टोकेका विरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद आचार्यले बताउनुभयो । ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । भेरी अञ्चल अस्पतालमा प्रदेश नम्बर ५ का बाँके, बर्दिया, दाङ्ग, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र ७ नम्बर प्रदेशबाट समेत उपचारका लागि विरामी जाने गर्दछन् ।
अस्पतालमा एन्टिस्नेक भेनम औषधि पर्याप्त मात्रामा रहेको डा.आचार्यले बताउनुभयो ।
Advertisement