मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना, १५ मजदुरको मृत्यु
प्रकाशित मिति : २०७५, २२ असार शुक्रबार १५:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, असार २२ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर सडकबाट ४० मिटर तल खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको बा २ क २२१९ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Advertisement
दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।