जनप्रतिनिधिलाई कानुन, सुशासन र सूचनाको हकबारे अभिमुखीकरण
प्रकाशित मिति : २०७५, २९ असार शुक्रबार १६:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा (बाँके), २९ असार । डुडुवा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आधारभूत कानुन, सुशासन र सूचनाको हकका बारेमा आज अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन नेपालगन्जले आयोजना गरेको अभिमुखीकरणमा स्थानीय तहमा आवश्यक पर्ने आधारभूत कानुन तथा सुशासन र सूचनाको हक बारेमा जानकारी गराइएको हो ।
Advertisement
अभिमुखीकरणको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रेग्मीले पहिलोपटक अधिकारसहितको स्थानीय तह स्थापनाले कानुनी जटिलता बढी भएकाले आधारभूत कानुनका विषयमा सबैलाई थाहा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आधारभूत कानुन तथा सुशासनका औजारबारे जानकारी भएपछि जनप्रतिनिधि र कर्मचारीहरुलाई काम गर्न सहज हुनुका साथै सुशासन बलियो हुने बताउनुभयो ।
एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिबक्ता भोलासिंह हमालले सबैभन्दा बलियो अधिकार स्थानीय जनताको हातमा आएकाले यसलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्न थुप्रै चुनौती रहेकाले सबैको समाधान भनेको कानुन र प्रक्रिया भएको बताउनुभयो । उहाँले कानुन र प्रक्रिया पुर्याई विधिको शासनमा रहेर काम गरेमा सुशासन कायम हुने बताउँदै सूचनाको हक सुशासनको आधारस्तम्भ भएको बताउनुभयो । गाउँपालिकाका कानुनी सल्लाहकार अधिबक्ता इश्वरी प्रसाद ज्ञवालीले स्थानीय तहको स्थापनासंगै शुरुमै कानुनका सन्दर्भ जोडिएकाले जनप्रतिनिधिले यसबारे थाहा पाउनु अति जरुरी रहेको बताउँदै यस्ता कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो ।
अभिमुखीकरणमा आधारभुत कानुन, स्थानीय तहमा निर्माण गरिने विभिन्न कानुन, नीति, निर्देशिका र नियमावली, सुशासनका आधार, सूचनाको हक, प्रयोग, उपलब्धि लगायतका विषयमा अधिबक्ताहरु प्रहलाद बहादुर कार्की, लोकबहादुर शाह, विश्वजित तिवारी र प्रभाकर भट्टराईले सहजीकरण गर्नुभएको थियो ।