Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

स्वस्थ रहन नियमित रूपमा योगा गर्नुपर्छ:कृष्णा पाण्डे

# सौरभ गिरी

  • प्रकाशित मिति :   २०७५, २१ भाद्र बिहीबार १२:३५  

    नेपालगन्ज २१ ,भदौ।अहिलेको परिवेशमा योगा मानव जीवनमा अति आवश्यक कुरा हो । यसलाई प्राकृतिक चिकित्सा प्रणाली पनि भन्ने गरिन्छ। यसै वारेमा नेपालगन्जमा योगा सम्बन्धि प्रशिक्षण दिँदै आउनुभएकी कृष्णा पाण्डेसंग बागेश्वरी पोष्टले गरेको कुराकानी।

    Advertisement

    योगा भनेको के हो र यसबाट के फाइदा हुन्छ !

    योगाको अर्थ आफूभित्र या आफ्नो चेतनाको बोध गर्नु हो। आफूभित्र भएका शक्तिहरुको विकास गर्नु र आत्मसाक्षात गरी पूर्ण आनन्दको प्राप्ति नै योगा हो । यस यौगिक प्रक्रियामा विविध प्रकारका क्रियाहरुका विधान ऋषिमुनिहरुले गरेका छन् । यसमा ऐन, नियम, आसन, प्रणायाम, धारणा, ध्यान आदि यस अन्तर्गत् बर्णित हुन्छ । योगाले, योगाको सुक्ष्म क्रियाले जुन हामीभित्र सुक्ष्म स्नायु तन्तु हुन्छन् तिनलाई चुस्त दुरुस्त गर्नुका साथसाथै त्यसमा ठीक प्रकारले रक्तसञ्चार पनि हुुन्छ जसले गर्दा शरीरमा नयाँ शक्तिको विकास पनि हुन्छ ।

    योगा शुरू गर्नुभएको कति भयो !
    मैले योगा गराउन शुरू गरेको ३ बर्ष भयो। मैले आफूले योगा गरेको त धेरै बर्ष नै भयो। बीचमा आफ्नो ब्यक्तिगत कारणले गर्दा योगा छोडेको थिएँ। तर मलाई केही रोगले समाएपछि पुनः योगा गर्न शुरू गरे र मलाई पूर्णरुपमा निको पनि भयो। त्यहाँ देखि योगाले शरीरलाई हुने फाइदा सम्झेर अरुलाई पनि योगा गराउन शुरू गरे।

    अरुलाई योगा गर्नुपर्छ भनेर उत्प्रेरित गरिराख्नु भएको छ नि, कारण के छ !
    सबैभन्दा पहिला योगाबाट मलाई जुन किसिमले फाइदा पुग्यो, शरीर स्वस्थ भयो त्यसपछि मैले सोचे वास्तवमा यसले सबैलाई फाइदा दिन्छ अनि अरुलाई पनि सुझाव दिँदै आएकी छु। बिशेष गरेर मैले महिला दिदी बहिनीहरुलाई योगा गर्नुपर्छ भनेर भनेकी समेत छु। योगाले शरीरमा भएको तौल वृद्धि घट्ने, शरीरमा लाग्ने रोग निको हुने हुँदा यसको फाइदाको लागि योगा गर्नुपर्छ भनेर भन्दै आएको छु। बिशेष गरेर महिलाहरुलाई शरीरमा धेरै समस्याहरु हुने भएको हुँदा महिलाले पनि गर्नुपर्छ योगा भनेर भनेको हुँदा धेरै महिला दिदी वहिनीहरू मेरो सल्लाह मानेर योगा गर्दै आउनुभएको छ। म स्वयम् नै महिला प्रशिक्षक समेत भएको हुँदा महिलालाई योगा गर्न समेत धेरै सजिलो भएको उहाँहरुले भनिराख्नु भएको छ। सबैभन्दा ठूलो कुरा जीवन हो र जीवनलाई स्वस्थ बनाउन योगा आबश्यक भएको हुँदा महिला मात्रै होइन सबै पुरुषलाई समेत यो गर्नुपर्छ भनेर सुझाव पनि दिँदै आएकी छु र यस बागेश्वरीपोष्ट मार्फत् समेत भन्दैछु कि योगा गर्नुहोस्, शरीर स्वस्थ राख्नुहोस्।

    नेपालगन्जबासीको योगाप्रतिको धारणा कस्तो छ !

    यहाँका स्थानीयहरुले योगालाई आत्मसाथ गर्नुभएको छ। धेरै जसोले योगालाई बढी चासो देखाएको अवस्था छ तर उहाँहरूको निरन्तरता भने बिच बिचमा टुट्ने गरेको छ। केही दिन आउने र फेरि बीचमा बन्द हुने गरेको अवस्था छ। यो उहाँहरुको बाध्यता पनि हुन सक्छ। मैले बिद्यार्थी भाई बहिनीहरुलाई समेत योगा सिकाउने गर्छु तर बिद्यार्थीहरुले चाहिँ निरन्तरता दिँदै आएको अवस्था छ। तर योगालाई निरन्तरता दिन जरुरी छ, योगाले शरीरलाई धेरै फाइदा गर्छ।

    एलोपेथिक औषधिका अगाडि यसको प्रभावकारिता र विश्वास कत्तिको देख्नुहुन्छ !

    एलोपेथिक औषधिले तुरुन्त त फाइदा गर्छ तर यस्ता औषधिले हाम्रो शरीरमा केही न केही साइड इफेक्ट पनि पारेको हुन्छ। एउटा प्यारा सिटामोल खाँदा पनि त्यसले ठीक गरेपनि केही न केही असर शरीरमा परेको हुन्छ। योगा प्राकृतिक चिकित्सा प्रणाली भएको हुँदा यसको कुनै साइड इफेक्ट हुँदैन। योगाबाट उपचार गर्दा समय अलि बढि लाग्न सक्छ । योगा एलोपेथिक जस्तो खर्चिलो पनि हुँदैन र योगाले रोगहरुलाई जरैदेखि निर्मुल पार्छ।
    जिम र योगामा के फरक छ !

    जिम जाने भनेको त एउटा फेशन झैं हो।जिममा शारीरिक बनावटको लागि अभ्यास गरिन्छ तर योगा शारीरिक बिकास, क्षमता बृद्धि र रोगहरुका विरुद्ध लड्ने उपयुक्त उपाय हो । कुनै मान्छे मोटाएर जिम गएर मोटोपना घटाउनु भन्दा योगा गरेर घटाउनुमा धेरै राम्रो हुन्छ। योगा गर्दा साथ साथमा क्षमता अभिबृद्धि पनि भइरहेको हुन्छ।

    दीर्घरोगीलाई योगा कत्तिको प्रभाबकारी छ !

    दीर्घ रोगीका बिरामीलाई योगा धेरै फाइदाजन्य माध्यम हो। यस्तो एक जना दीर्घ रोगीलाई मैले आफैं योगाबाट नै उपचार गरेको र उहाँको अवस्था अहिले ठिक छ। लाखौं रुपैयाँ खर्च गरिसकेका दीर्घ रोगीका बिरामीहरु योगाबाट निको भएका छन् र म भन्छु योगा पनि एउटा बिशेष माध्यम हो दीर्घ रोगीलाई।

    अन्त्यमा के भन्न चाहनुहुन्छ !

    योगा गर्नेहरुको लागि मेरो सुझाव यो छ कि दैनिक रूपमा योगा गर्नुहोस्। यसको लागि केही समय मिलाउनुहोस्। जस्तो कि दैनिकरुपमा २० मिनेट समय निकालेर पनि योगा गर्नुहोस्। यसले शरीरलाई धेरै फाइदा गर्छ। आफू स्वस्थ रहनको निम्ति पनि नियमित रूपमा योगा गर्नूहोस् जसले तपाईंहरुलाई धेरै फाइदा पुग्छ।


    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट