डुडुवामा तीज विशेष कार्यक्रम
प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार १८:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(डुडुवा) बाँके २५ भदौ । चाडपर्वको अवसरमा कार्यक्रम मार्फत् ग्रामिण क्षेत्रका महिलाहरुलाई सचेत बनाइएको छ । महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले महिला लक्षित कार्यक्रम संचालन गरी सचेतना फैलाउने कार्यक्रमको आयोजना गरेको हो ।
Advertisement
पछिल्लो अवस्थामा बालिका तथा किशोरीहरुमाथि भएको दुव्र्यवहारका घटनालाई न्युनीकरण तथा महिला अधिकारका लागि यस्तो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं. १ होलिया, २ बेतहनी र ५ नानापुरमा तिज विशेष कार्यक्रम गरी सचेतना अभिबृद्धि गरिएको हो ।
कार्यक्रममा सहभागी अगुवा महिलाहरुले गाउँटोल समुदायदेखि नै महिला जागरुकता गराई सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी महिलाहरु गीतसंगितका साथै सांस्कृतिक प्रस्तुती समेत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्थानीय महिला अगुवा लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले आगामी दिनमा विभिन्न चाडपर्वलाई लक्षित गरी विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।