‘कि रेडलाइट एरिया खोल्नु पर्यो,’ कि ‘यौनकर्मीलाई परिचयपत्र दिनु पर्यो’: मुख्यमन्त्री गुरुङ
प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलवार २०:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा,२६ भदौ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताएका छन्।
Advertisement
होटल संघ नेपालले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौन व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्नु पर्ने बताए।
फाईल फोटो
‘कि रेडलाइट एरिया खोल्नु पर्यो,’ उनले भने ‘रडेलाइट नखुल्ने हो भने यौनकर्मीको परिचयपत्र दिनु पर्यो।’
उनले यौनकर्मीलाई परिचय पत्र दिएर पछि कर उठाउने व्यवस्था गनुपर्ने बताए।
‘अहिले जति रोक्न खोजे पनि यो धन्दा भएकै छ,’ मुख्यमन्त्री गुरुङले भने ‘यसो नगर्दा अहिले कतिपयलाई कमाउ धन्दा भएको छ।’
लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको भनाइ छ।
‘परिचयपत्र भए पछि जुनसुकै होटलमा गएपनि भयो, पुलिस चेक गर्न आए कार्ड देखाए भइ हाल्यो,’ मुख्यमन्त्री गुरूङले भने।
कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको भनाइ थियो। उनले पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउनु पर्ने बताए । सेतोपाटीबाट ।