बाँके जिल्लामा टिटानस सुई अभाव हुदा चोटपटक लागेका बिरामीलाई समस्या
प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार १५:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,काशीराम शर्मा,२८ भदौ।बाँके जील्लामा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् ।
Advertisement
फाईल फोटो
टिटानसको सुई अभाव भए पछि भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज लगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ ।
भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक महिनादेखि सो सुईको अभाव देखिएको हो ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले अस्पतालले सो सुई उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरीद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताउनुभयो । “टिटानसको सुई नभएको खण्डमा विकल्पमा प्रयोग गर्न सकिने विधि छ, तर जुन सामान्यभन्दा अलि महँगो हुन्छ”, डा थापाले भन्नुभयो ।भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताउनुभयो । सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको पौडेलले बताउनुभयो ।