दुर्घटनामा स्कुटर चालकको मृत्यु
प्रकाशित मिति : २०७५, २ आश्विन मंगलवार १०:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नवलपरासी, २ असोज ।पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।
Advertisement
गँैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
बेपत्ता मृत फेला
गत भदौ २९ गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन् । उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ । रासस।