देशको बारेमा यूबाहरुले सोच्ने बेला आएको छ: ऋषिराज देबकोटा ( यूबा नेता-राप्रपा)
प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलवार १०:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
राप्रपा पार्टी र देशको बर्तमान अवस्थाका बारेमा राप्रपाका यूबा नेता ऋषिराज देबकोटा संग बागेश्वरीपोष्टकि राधा आचार्यले गरेको संछिप्त कुराकानी-
Advertisement
राप्रपा प्रदेश नम्बर ५ को सदस्य सचिब जस्तो माथिल्लो र जिम्मेवारी पद सम्हाल्नु भएको छ, अब यस प्रदेशमा तपाईहरुको सँगठन कसरी अगाडी जान्छ?
हो ,अवस्य पनि मेरो लामो राजनितिक सक्रियता र निरन्तरताको कारण मलाई पार्टीले बिश्वाश गर्दै यो जिम्मेवारी दिएको छ।यो अवसरलाई मैले प्रयाप्त प्रयोग गर्दै आगामी दिनमा सँगठनमा बढि ब्यस्त रहनेछु।हामी भर्खरै प्रादेशिक संरचनामा गएका छौ, त्यसकारण पनि बढि चुनौती छ। प्रादेशिक कार्यालय ब्यबस्थापन देखि समिति अझै पूर्ण भएको छैन। त्यसको लागी केहि समय पछि १२ वटै जिल्लाको भेला बोलाई पूर्णता दिई शशक्त र जिम्मेवार समितिलाई पूर्णता दिदै सांगठनिक गतिबिधि र जिम्मेवारी दिईनेछ र यो प्रदेश सांगठनिक हिसाबले नमूना र एक नम्बर बनाउने काममा यो समिति निरन्तर लाग्नेछ।
राप्रपा गएको निर्बाचनमा नराम्रो पराजय भोग्नु पर्यो,यसको मुख्य कारण के होला?
यसको मुख्य कारण निर्बाचनको मुखमा पार्टी फुट्नुनै हो भने प्रचण्ड सरकारमा जादा पनि जनतालाई मन परेन, किनभने हामी प्रति सहानुभूति जनाउने र मत दिने अधिकांश हिन्दू राष्ट्र र राज सँस्था चहानेहरुको जमात हो,त्यों जमातले केपी ओलीको सरकारमा पार्टी अध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री कमल थापाको कामको राम्रो मूल्यांकन गरे पनि प्रचण्ड सरकारमा गएको मन नपर्नुनै यसको मुख्य कारण हो।
पार्टी एकीकरणको चर्चा सुन्नमा आएको छ नि,के यो सत्य हो?
हो, यसको चर्चा चलिरहेको छ। भर्खरै सम्पन्न केन्द्रिय कार्य समितिको बैठकले पनि पार्टी एकीकरण हुनुपर्दछ र यसको सम्पुर्ण जिम्मेवारी पार्टी अध्यक्षले लिनु पर्दछ भनेर कार्य समितिले जिम्मेवारी दिएको छ। पार्टी एकीकरण हुन्छ र एउटा बैकल्पिक प्रजातान्त्रिक राष्ट्रबादी पार्टीको उदय हुन्छ। यसमा सबै ढुक्क हुनुहोस्।
तपाई राप्रपाको युबा संघको बरिष्ठ केन्द्रिय उपाध्यक्ष पनि हो, अहिले देशको परिस्थितिको बारेमा के भन्न चहानुहुन्छ?
बास्तबमा यो सरकार प्रति जनताले जून बिश्वाश गरेका थिए तर बर्तमान अवस्थामा देशमा देखिएको बलात्कार,हत्या , हिंसा, भ्रष्टाचार र महंगीले जनताहरुमा ब्यापक बितृष्णा छाएको छ भने अर्को तर्फ राष्ट्र बिखण्डन हुने सम्भावना टड़कारो रूपमा देखिएको छ। भर्खरै जनकपुरमा भूमिगत रहेका सिके राउतले खुलेयाम प्रहरी प्रशाशन अगाडीनै मधेश नेपाल होइन र मधेश एशियाको छुट्टै देश हो भनेर खुलेयाम चुनौती दिदा पनि सरकार र जिम्मेवार राजनीतिक दलहरुले( राप्रपा बाहेक) पार्टीको धरणा र बिज्ञप्ति सम्म निकाल्न नसकनुले अप्रत्यक्ष रुपमा बिखण्डकारीलाई सहयोग पुगेको छ। यसले गर्दा पार्टी भन्दा माथि उठेर देशको बारेमा यूबाहरुले सोच्ने बेला आएको छ।