नेपालगन्जमा बिश्व फार्मासिस्ट्स दिवश मनाईयो
प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलवार १७:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,९ असोज।बिश्व फार्मासिस्ट्स दिवश नेपालगन्जमा भब्यताका साथ मंगलबार सम्पन्न भएको छ। फार्मेसी संघ बाँकेद्वारा आयोजित कार्यक्रममा
बिशाल रयालीको आयोजना गरिएको हो।चार सय बढ़ी फार्मासिस्टहरु सहभागी फर्मा वाक र्याली बीपी चोक हुदै
पासंगलाम्हु रोड, भेरी अस्पताल, चार बाहिनी ,गणेशमान चोक हुँदै औषधी ब्यबस्था बिभाग बाँके गएर कोण सभामा परिणत भएको थियो।कार्यक्रममा फार्मेसी संघ बाँकेका अध्यक्ष सुरेन्द्र डफगरको अध्यक्षतामा शुरू भएको कार्यक्रममा औषधी ब्यबस्था बिभाग नेपालगन्जकि प्रमुख निनु श्रेष्ठ ,पानस फर्मासीयूटिकलका शरण यादबले फार्मेसीलाई अझ ब्यबस्तिथ तरिकाले लैजानु पर्ने धारणा राखेका थिए। त्यस्तै राज्यलाई फार्मासिस्टहरुले दिएको योगदानको बारे चर्चा गर्दै सरकारले सधै फार्मासिस्टलाइ उपेक्षित गरेको प्रति अथितिहरुले गुनासो गरेका थिए। कार्यक्रमको स्वागत मन्तब्य राख्दै फार्मेसी संघ बाँकेका सचिब दिनेश बिष्टले- स्थानिय तहमा फार्मासिस्टको दरबन्दी सृजना गरि जहाँ औषधि त्यहाँ फार्मासिस्टको अबधारणा अनुसार अगाडि बढ्नु पर्ने बताएका थिए। त्यस्तै कार्यक्रम पश्चात औषधी ब्यबस्था बिभाग परिसरमै रक्तदान कार्यक्रम आयोजन समेत गरिएको थियो। फार्मेसी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए भने कार्यक्रम सञ्चालन प्रबिन तिमिल्सिनाले गरेका थिए।
Advertisement