पहिरोका कारण उर्थु-लासी सडकखण्ड तीन महीनादेखि बन्द
प्रकाशित मिति : २०७५, १० आश्विन बुधबार ०९:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल तस्बिर
खलङ्गा, जुम्ला, १० असोज। अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ । सो सडकखण्डमा यातायात सेवा ठप्प छ ।सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भन्नुभयो । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।
Advertisement
“दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,” पातारासी–५ का मुनबहादुर बुढाले भन्नुभयो । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताउनुभयो । रासस।