नरैनापुर गाउँपालिकामा बोयर जातका बोका वितरण
प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार १५:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके), २५ असोज । नरैनापुर गाउँपालिकाले उन्नत नश्ल सुधार कार्यक्रम अन्तर्गत् सबै वडामा बोयर जातका बोका विरतण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकलाई १८ वटा बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रत्येक वडाका ३ जनालाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७५ प्रतिशत शुद्धता भएका बोयर जातका बोका वितरण गर्नुभएको हो । गाउँपालिका कार्यालयमा एक कार्यक्रम गरी १२ लाख मूल्य बराबरका २४ देखि ३६ किलोसम्मका १८ वटा बोका वितरण गरिएको हो । बोका वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहले उन्नत नश्ल सुधार गर्दै स्थानीयको आय आर्जनमा टेवा पुर्याउन बोका वितरण गरिएको बताउनुभयो । थोरै समयमा धेरै तौल बढ्ने यो जातको बाख्राले मनग्य आम्दानी गर्न सहयोग पुग्ने उहाँको भनाई थियो ।
Advertisement