नेपालगन्ज रामलीला सभा कक्षका लागि २५ लाख सहयोग
प्रकाशित मिति : २०७५, ४ कार्तिक आईतवार १०:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ४ कार्तिक । नेपालगञ्जमा सञ्चालित रामलीला औपचारिक रुपमा समापन गरिएको छ । बडा दशैंका अवसरमा गत २४ गतेदेखि जारी रामलीला कार्तिक २ गते रावण बध पश्चात सकिएपनि शनीबार औपचारिकता दिएर समापन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बाकेको नेपालगञ्जको रामलीला १ सय ५१ औं वर्ष पुरा गरेको छ । वृन्दाबनका प्रसिद्ध कलाकार राधारमण शर्माको नेतृत्वको २५ जनाको टोलीले रामलीला मञ्चन गरेको थियो । यसपालीको रामलीला भब्य, सभ्य र सफलतापुर्वक सम्पन्न गरिएको रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कानोडियाले जानकारी दिनुभयो ।
Advertisement
रामलीला मैदानमा आयोजित समापन समारोहमा शहरी विकास मन्त्री मो इस्तियाक राईले भगवान रामलाई राजतिलक गराउनु भयो। प्रथम राज तिलक भने गुरु वशिष्ठले भगवान रामलाई गराउनु भएको थियो । मन्त्री राईले साँस्कृतिक÷सामाजिक गतीवीधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने विश्वास व्यक्त गर्नु भयो ।
नेपालगञ्जको समग्र विकासका लागि अर्वौ वजेटसहित योजना छुटयाइएको भन्दै उहाँले त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आम नागरिकको भएको बताउनु भयो । मन्त्री राईले रामलीला मैदानमा निर्माणधीन सभा कक्षका लागि २५ लाख सहयोग गर्ने उदघोष पनि गर्नु भयो । यस्तै मैदान सौन्दर्यकरण र व्यवस्थापन तथा व्यवसायिक पसल सञ्चालनका पनि सांसद विकास कोषबाट सहयोग गर्ने बचन दिनु भयो । यसैवीच रामलीला सञ्चालक समितिको तर्फबाट कार्यबाहक अध्यक्ष कानोडियाले रामलीलाको जग्गा संरक्षण सम्वद्र्धन, यसको नियमित आयश्रोत र स्थायीत्वका लागि आवश्यक सहयोग गरिदिन मन्त्री राईलाई ज्ञापन पत्र समेत बुझाउनु भएको छ । रामलीला सञ्चालनमा सहयोग पु¥याउने आधा दर्जन विशिष्ठ व्यक्तित्वलाई खादा ओढार सम्मान प्रकट गरिएको थियो । साथै सहभागी अतिथी दिर्घाले पनि राजतिलक लगाइदिएका थिए । सो अवसरमा सञ्चालक समितिका महामन्त्री जगदिश वैश्य, प्रचारमन्त्री विष्णु कुम्हाल लगायतले बोल्नु भएको थियो ।