नरैनापुरको कोहलामा रमाइलो सांस्कृतिक कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार १४:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गंगापुर (बाँके), कार्तिक ५ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरस्थित कोहलामा आयोजित रमाइलो सांस्कृृतिक कार्यक्रम सम्पन्न भएको छ । दशैं र तिहारका अवसरमा न्यू प्रगतिशील युवा क्लबद्वारा आयोजित रमाइलो सांस्कृतिक कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु देखाइएका थिए ।
Advertisement
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पर्वहरुले सबै नेपालीलाई एक आपसमा जोड्ने भएकाले सद्भाव र भ्रातृत्व जगाउन सबै पर्वहरुको उत्तिकै महत्व रहेको बताउनुभयो । विभिन्न धर्म, सम्प्रदायका फरक फरक पर्वहरुले नेपालीहरुलाई एउटै मालामा उन्ने काम गरेको भन्दै अध्यक्ष शाहले पर्वले एकता र सद्भाव बढाउने काम गरेको बताउनुभयो ।
नरैनापुरको मुहार फेर्न आफू दत्तचित्त भएर लाग्ने अध्यक्ष शाहले दृढता व्यक्त गर्नुभयो । १ सय बर्षमा नभएको काम आफूले ५ बर्षमा गरेर देखाउने अध्यक्ष शाहको भनाई छ । सडक, विजुली, सिंचाईका लागि आफू लागिरहेको भन्दै उहाँले चेतनाको स्तर माथि उठाउन नरैनापुरका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।
बाढी जोखिम क्षेत्र वडा नम्बर ६ लाई बाढीबाट जोगाउन तटबन्धको काम भइरहेको जानकारी दिँदै उहाँले कोहलाका युवाहरुको माग बमोजिम रंगशाला निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।