बाँकेमा शुरू भयो समुदाय प्रहरी साझेदारी कार्यक्रम
प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतवार १७:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,११ कार्तिक।अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीले बाँकेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ ।
हररप्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी भन्ने नारा सहित बाँके प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको हो ।
Advertisement
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले हरेक टोल–टोलमा प्रहरीको सेवा पुर्याउनको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
समाजमा रहेको अपराध नियन्त्रण रोक्न र नेपाल सरकारको सम्बृद नेपाली सुखी नेपालीको अभियानलाई पनि सफल बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमको सुरुवात गरिएको उनले जानकारी दिए । ‘बाँके जिल्लासहित देशका ७७ वटै जिल्ला र प्रदेशबाट कार्यक्रम एकैसाथ सुरु गरिएको छ ।
प्रहरीले यसअघि पनि नागरिकसँगको सहकार्यका लागि विभिन्न कार्यक्रम ल्याउँदै आएको छ तर त्यस्ता कार्यक्रमहरु खासै प्रभावकारी नदेखिएको बताइन्छ ।
समुदाय प्रहरी साझेदारी सुम्भारभ कार्यक्रममा जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, जिल्लाका २ नगरपालिका तथा ६ गाउँपालिकाका जनप्रतिनिधी, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरीका उच्च अधिकारी, नागरिक समाजका अगुवा, सामाजिक संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।