नरैनापुर र डुडुवाको मुहार ५ बर्षभित्र फेरिन्छःमन्त्री राई "नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाइने "
"नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाइने "
प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतवार १५:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर (बाँके), कार्तिक २५ । संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ५ बर्षभित्रमा नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मन्त्री भएपछि पहिलोपटक नरैनापुर पुग्नुभएका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडि परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले आफ्नो मन्त्रालय अन्तर्गत्का केही योजना यो बर्ष पारेको छु, अन्य योजना आगामी बर्षमा थपिँदै जान्छन्, अरु मन्त्रालयसंग पनि कुरा गरेर आवश्यक योजना ल्याउँछु ।’
Advertisement
उहाँले बस्ती सुधार कार्यक्रम अन्तर्गत् नरैनापुरलाई स्मार्ट भिलेज बनाइने बताउनुभयो । प्रदेश ५ मा ४ वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकोमा बाँकेमा नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाउने योजना परेको जानकारी मन्त्री राईले दिनुभयो । जनता आवास कार्यक्रम अन्तर्गत् यो बर्ष नरैनापुरका ३ सय परिवारलाई आवास दिइने पनि उहाँले बताउनुभयो । जनता आवास कार्यक्रम अन्तर्गत् फूसलाई छानामा परिणत गर्ने र अति विपन्नलाई घर बनाएर दिइने मन्त्री राईले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबले नरैनापुरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्कता औंल्याउनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको विकास र समृद्धिका लागि आफू क्रियाशील रहेको बताउँदै बघौडालाई विशेष रुपमा हेर्न मन्त्री राईको ध्यानाकर्षण गराउनुभएको थियो ।