Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

समाज सेवालाई निरन्तरता दिईरहन्छु: पूजा बर्मा

# सौरभ गिरी

  • प्रकाशित मिति :   २०७५, २९ कार्तिक बिहीबार ०९:२७  

    सानो उमेरमा समाज सेवामा धेरै कमले गरेका हुन्छन्।त्यस्तै नेपालगन्जमा पनि सानै उमेर देखि समाज सेवामा अगाडी लागेकी नेपालगन्ज किशोरी सञ्जाल बाँकेकि सचिब पूजा बर्मा संग बागेश्वरीपोष्टले गरेको संछिप्त कुराकानी।

    Advertisement

    १:समाज सेवामा लाग्नुको मुख्य कारण के हो?

    म पूजा बर्मा,म एउटा सानो मध्यम बर्गिय परिवारबाट रहेकी छु। मेरो बुवा नेपाल प्रहरी भएर पनि मलाई समाज सेवामा लाग्न मन लाग्यो। समाजमा धेरै प्रकारका गतिबिधिहरु रहेका छन्, जस्मा कति नकारात्मक छन् जो मलाई मन पर्दैन्। जस्तै वालबिवाह, दुर्ब्यबहार आदि जस्ता कुरा हटाउनका निम्ति पनि म समाज सेवामा लागेको हु। पहिला मलाई घरबाट वाल क्लब जानका लागि मेरो घरबाट समर्थन थिएन तर मेरो माईजुको हौसलाका कारण म यस तर्फ आबद्द् भएकी हु। अझ यसमा प्रबेश गरेपछि सबै साथीभाईको सहयोगका कारण यसमा रहिरहन मन लागेको हो।

    २: किशोरी सञ्जाल भनेको के हो?

    किशोरी सञ्जाल भनेको किशोरीहरुलाई पैरवी गर्न सिकाउने, आत्म बिश्वाश बढाउने, न्याय दिलाउने र हिंशामा परेकालाई सहयोग गर्ने गर्दछ।यो सञ्जाल २०७४ सालमा गठन भएको हो।
    किशोरी सञ्जालले वलात्कार बिरूद्द न्याय दिलाउनका लागी रयाली, कोण सभा, दिप प्रज्वलन आदि कार्य गर्दछ। यस्तै वालवालीकालाई हिंशा,दुर्ब्यबहारबाट बच्नका लागी पैरबी समेत गर्न सिकाउदै आएको छ।

    ३: तपाई बेलाबेलामा सडक नाटकमा देखिनु हुन्छ नि!यसको मुख्य कारण के हो?

    आम मानिसलाई वालविवाह सम्बन्धी सम्बन्धी न्याय,कानुन सिकाउने बारे हामी सडक नाटकको सहायताले बुझाउने गर्दछौ। मानिसहरुलाई वालविवाह, बलात्कार, दुर्ब्यबहार भएपछि पर्ने असरहरुको बारेमा जानकारी गराउदै जनचेतना दिलाउछौ। सडक नाटकले किशोरीहरुको आत्मबिश्वास बढाउँछ।त्यस्तै सडक नाटक आम जनमानसले राम्रो संग बुझ्ने भएको हुदा यो उपाय लिएर थुप्रै क्रियाकलापहरु देखाउछौ।

    ४: देशमा बलात्कार बढ्नुको मुख्य कारण के हो?

    हाम्रो देश बहुजातिय, बहुधार्मिक र बहुभाषिक देश हो। यहाँ थुप्रै किसिमका मानिसहरु बस्ने गर्दछन्र र बढ्दो युगीकरणले लागु औषध, मादक पदार्थ सेवन बढाईरहेको छ।यो मादक पदार्थ सेवनले गर्दा बलात्कार बढ़ाउदै आएको छ।
    धेरै जसो लागु औषध सेवनकर्ता आफूलाई होस्मा ल्याउन सक्दैनन् र महिलाहरु बलात्कृत हुने गरेका छन्।

    ५: भबिष्यमा के गर्ने बिचार छ?

    हेरौ अहिले पढ्दै छु। पहिला पढाई पूरा गर्छु अनि आफु कुन बाटो तर्फ लाग्ने भन्ने कुराको निश्चित हुन्छ। तर मैले समाज सेवालाई भने निरन्तरता पनि दिईरहनेछु।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट