प्रजातन्त्रका सेनानी स्वर्गीय शिव गिरी को हुन ? (भिडियो सहित)
प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार १२:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर, ६ मसिंर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला गाउँ नेपाली काँग्रेसको लागि एउटा ऐतिहासिक थलो हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गर्दै एक दलिय पंचायती व्यवस्था लादे । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईराला लगाएका शिर्ष नेतालाई जेल हाले । त्यसको विरुद्धमा काँग्रेसले देशव्यापाी रुपमा आन्दोलन छेड्यो । पार्टी प्रतिवन्धित गिए । तरपनि काँग्रेस जनहरुले लुकुछिपी प्रजातन्त्रको प्राप्तीको लागि संघर्षरत थिए । त्यही बीचमा हतियारको राजनीति शुरु भयो । पार्टी प्रतिवन्धित अवस्थामा हतियार उठाउनु चानचुने कुरा थिए । जानकारहरुका अनुसार त्यतिबेला दाङको कचिला र सुकौरा काँग्रेसको आधार ईलाका थिए । स्वर्गीय नेता खुमबहादुर खड्का लगाएका नेताहरु त्यहाँ बसेर प्रजातन्त्रको पक्षमा आवाज बुलन्द पार्दथे । स्वर्गीय शिव गिरीको कचिलास्थित घर अघोसित काँग्रेसको पार्टी सम्पर्क कार्यालय जस्तै थियो ।
Advertisement
(भाई शंकर गिरीका शब्दमा शिव गिरीको जीवनी र योगदान भिडियोसहित)