डुडुवा गाऊपालिकामा स्वास्थ्य बिमा लागू हुने
प्रकाशित मिति : २०७५, ९ मंसिर आईतवार १०:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज(डुडुवा) ,९ मंसीर। बाँकेको डुडुवा गाऊँपालिकामा स्वास्थ्य बिमाका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिमा अन्तर्गत बर्षभरीमा ५० हजारसम्मको स्वास्थ्य सेवाका लागी चेक जाँच र औषधीको सेवा लिन सकिने भएको छ। बार्षिक बिमा अन्तर्गत ५० हजारको औषधीका लागि दुई हजार पॉंच सय रूपैया लाग्ने भएको हो।
नेपाल सरकार स्वास्थ्य बिमाद्वारा दिइने सहयोगमा बर्षभरीमा एक घरका ५ जना सदस्यहरुले सुबिधा लीन सकिने भएको छ। अभिमुखीकरण कार्यक्रम पश्चात गाउँपालिकामा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन समेत भएको छ। डुडुवा गाऊपालिकाका अध्यक्ष नेरन्द्र चौधरी संयोजक रहेको समितिमा ५ जना सदस्यहरु रहेका छन्। समिति ले गाउँपालिकाका सबै वडाहरुमा वडा अध्यक्षको अगुवाईमा ३ सदस्यीय समिति समेत गठन गर्ने भएको छ।
सबै कार्य भए पश्चात प्रशिक्षणको काम सम्पन्न भएमा प्रत्येक वडामा सहयोगीहरु चयन गरी घर घरमा गईं स्वास्थ्य बीमा कार्य अगाडी बढाउने अध्यक्ष चौधरीले बताए।
Advertisement