इन्टिग्रिटी आइडल’ उपाधिका लागी बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङ्गलाई जिताउन देशैभरी अभियान(भिडियो सहित)
प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार १०:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
भिडियो
को हुन् त कुरुम्बाङ्ग?
तेह्रथुम जिल्ला फेदाप गाउँपालिका १ का रामबहादुर कुरुम्बाङ्ग निजामति कर्मचारीमा आएको २९ वर्ष भयो । एमए पास गर्नुभएका कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभयो । त्यसपछी २०४९ सालमा नेपाली सेनाको सहायक सेनानीमा नाम निकालेपछी २०५३ सालसम्म नेपाली सेनामा जागिरे हुनुभयो । कुरुम्बाङ्गले नेपाली सेनाको जागिर पनि छोडेर फेरी २०५५ सालमा निजामति कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उपसचिव भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘शैक्षिक योग्यताको अनुभवले होला, जुनबेला पनि नाम निकाल्न सफल भँए ।’ हरेक पटक नाम निकाल्न सफल भएको सम्झिदै उहाँले भन्नुभयो । सुरुमा अछाम जिल्ला त्यसपछि ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्युठान, मोरङ्ग लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदै अहिले बर्दियाको प्रमुख जिल्ला अधिकारी भएर झण्डै ७ महिना अघि बैशाखमा आएको छु। आफूले काम गर्ने जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्था, सरकारी कार्यालयले गरिरहेको कामकारवाही, विकास निर्माणका बारेमा जानकारी लिएर जाँदा सजिलो हुने उहाँको अनुभव छ । त्यसैले उहाँले जिल्लामा आफु आउनु अघि कार्यरत प्रजिअ सँगै स्थानीयबासिन्दाको सहयोग पनि लिने गर्नुहुन्छ । सधैँ सच्चा नागरिककै पक्षमा रहेर काम गर्ने उहाँको अडान छ ।
भोट गर्ने तरिका-
अनलाइनबाट कुरुम्बाङ्गलाइ भोट गर्न सबैभन्दा पहिला यो लिँकमा क्लिक गरेर खोल्नुहोस् ।
http://www.integrityidol.org/countries/nepal/आफूलाई मनपर्ने व्यक्तिलाई पनि चयन गर्न सक्नुहुन्छ । तर कुनै एकजनालाई मात्र क्लिक गर्नुहोस् ।–एसएमएसबाट कुरुम्बाङ्गलाई भोट गर्दा मोवाइलको म्यासेज बक्समा गएर IIN 4लेखेर 34001 मा एसएमएस पठाउनुहोस् । जस्तै IIN लेखेपछी एउटा स्पेस दिएर 4लेखेर 34001 मा पठाउनुहोस् ।