इकरा पोलिक्लिनिकद्वारा गरिएको शिबिरमा तिन सयले स्वास्थ्य जाँच गराए
प्रकाशित मिति : २०७५, २३ मंसिर आईतवार ११:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २३ मंसिर। डुडुवा गाउँपालिकाको वडा नम्बर ५ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। इकरा पोलिक्लिनिक एण्ड डाईग्नोस्टिक सेण्टर कम्दि तथा डुडुवा गाउँपालिकाको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
Advertisement
शनिबार सम्पन्न स्वास्थ्य शिबिरमा डुडुवाका अध्यक्ष नरेन्द्र चौधरीको प्रमुख आथित्यमा वडा नम्बर ३,४ र ५ का ३०१ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका थिए। डा.प्रकाश नाग सम्मिलित शिबिरमा फिजिसियन सेवा लगायत हाड जोर्नी, बाल रोग, सर्जरी सम्बन्धी बिरामीको स्वास्थ्य जाँच गरिएको थियो। सम्पन्न शिबिरमा इकरा पोलिक्लिनिकले एक्सरे जाँच र अन्य जाँचमा १० प्रतिशत सम्मको छूटको ब्यबस्था गरिदिएको थियो।
डा.नाग सहित गएको टोलीमा डा. संदिप गुरुङ्ग, डा. सकील अहमद, डा. प्रबीन गुप्ता,डा.मो.अली,डा.बिश्वाश पन्त लगायत चिकित्सकले सेवा प्रदान गरेका थिए। यस्तो स्वास्थ्य जाँच दुर्गम स्थान समय समयमा आबश्यक भईरहने हुदा यहाँका स्थानीयले हामीले दिएको राम्रो सेवा पाउदा खुसी भएको इकराका प्रबक्ता सहाबुद्दीन खानले जानकारी दिए।