मेयर डा. राणाले वडा नं ४ को मदरसा गौसिया जाउल इस्लामलाई बाँडे आफ्नो तलब भत्ता
प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार १७:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,२४ मंसिर। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफनो एक महिनाको तलव मुस्लिम अनाथ बालबालिकालाई प्रदान गर्नु भएको छ ।
Advertisement
आफुले पाउने तलवभत्ता ब्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गर्नु भएका नगर प्रमुख राणाले आज वडा नम्बर ४ स्थित अनाथ बालबालिका अध्ययनरत मदरसा गौसिया जाउल इस्लामलाई ५० हजार दिनु भएको हो । नगर प्रमुख राणाले जाडोमा न्यानो लुगा÷कपडा किन्नका लागि सो रकम प्रदान गर्नु भएको हो ।
मुस्लिम समुदायका अगुवासहितको भेलामा उपस्थित डा. राणाले सो रकम बराबरको चेक मदरसाका अध्यक्ष मोहम्मद याकुम हलवाई हस्तान्त्रण गर्नु भएको हो । नगर प्रमुख राणाले सबै समुदायलाई समान नजरले हेरेको भन्दै आपसी सहिष्णुताले नै नगर विकासमा मदत पुग्ने विश्वास व्यक्त गर्नु भयो । भ्रष्टाचारले विकास हुन नसक्ने भन्दै उहाँले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता दोह¥याउनु भयो । राणाको सहयोगप्रति खुसी व्यक्त गर्दै अध्यक्ष हलवाईले धन्यवाद प्रकट गर्नु भयो ।
नगर प्रमुख राणाले यस अघि पनि महिनावारी तलव तथा भत्ता सार्वजानिक र मानव हितमा सहयोग गरिसक्नुु भएको छ ।
सोही कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले मेयरसाबले गर्नुभएको कार्य अति सरहानीय भएको बताउनुभयो।
। अध्यक्ष बेहनाले पनि आफुले पनि यस्तै असहाय संस्थालाई आफ्नो तलब भत्ता सहयोग गर्दै आएको बताउनु भयो। अध्यक्ष बेहनाले पनि चुनाबी दौरानमा तलब भत्ता नलिने घोषणा गर्नु भएको थियो।
त्यही अनुरूप आफुले पनि यस्तो कार्य गर्दै आएको र आफ्नो जिबनकाल भर जुनसुकै उचाईमा पुगे पनि कहिले पनि सेवा सुबिधा नलिने अध्यक्ष बेहनाले बताउनु भयो।
कार्यक्रममा राप्रपाका नेता ऋषिराज देबकोटा, नेकपाका नेता मो.हारून, समाजसेबी, स्थानीयहरु सहभागिता रहेको थियो।