खजुराको वडा नम्वर ४ मा घर पालुवा मदिरा न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलवार २२:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२५ मंसिर। खजुराको वडा नम्वर ४ मा घर पालुवा मदिरा न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजनामा आज मंगळवार एफ गाउँको जन कल्याण माबिमा घर पालुवा मदिरा न्यूनीकरण एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो। घर पालुवा मदिरा कति हानिकारक छ र यसको बेफाईदाका बारेमा एक दिने सचेतना कार्यक्रम दिइएको हो।
वडा नम्बर ४ का अध्यक्ष तिलक बिर सुनारको प्रमुख आथित्यमा, सरयू मिडियाकि निर्देशक राधा अचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम खजुरा गाऊपालिका कार्यपालिका सदस्य योगमाया खनाल, वडा नम्बर ४ का सदस्य दल बहादुर बिसी,बल बहादुर कठायट, साझा फुलबारी सामाजिक उधमी महिला सहकारी संस्था एफ गाऊकी अध्यक्ष, जनकल्याण बाकीका ब्यबस्थापक खम्ब गिरी लगायत स्थानीय ब्यक्तिहरु उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष सुनारले यस्ता खाले घर पालुवा मदिरा बनाउनु भनेको गैर कानूनी भएको र स्वास्थ्यलाई समेत गम्भिर असर पार्ने बताएका थिए। आफ्नो शरीरमा हुने हानि, समाजमा हुने घृणालाई त्यागेर नँया काम शुरू गरे वडापालिकाले समेत सहयोग गर्ने र राम्रो सीपमूलक कार्यको योजना बनाएर ल्याएमा वडाबाट, गाउपालिकाबाट समेत सहयोग गराउने अध्यक्ष सुनारले बताएका थिए।
१०० जना महिलाहरु सहभागी कार्यक्रमको सचेतना सम्बन्धी सहजिकरण स्वास्थ्यकर्मी लक्ष्मी गिरीले गरेकी थिईन्। गिरीले कार्यक्रममा घर मदिरा मदिराले हुने हानि, समाजमा पर्ने नकारात्मक असर, कानूनी कारबाही लगायत अन्य ब्यबसाय गर्न उत्प्रेरित गरेकी थिईन्। उपस्थित महिलाहरुले सचेतना कार्यक्रममै सहजकर्ता गिरीलाई धन्याबाद दिदै अब यस्ता घर पलुवा मदिरा त्यागी अन्य राम्रो आय आर्जन हुने काम गर्ने प्रण समेत गरेका थिए।
त्यस्तै कार्यक्रमा वडा सदस्य दल बहादुर बीसी, सदस्य बल बहादुर कठायत, राधा आचार्य, खम्ब गिरी लगायतले घर पालुवा मदिरा गर्ने हानी र अन्य नया ब्यबसाय गर्न सहभागीहरुलाई सुझाब समेत दिएका थिए भने कार्यक्रम सञ्चालन इन्द्र बस्नेतले गरेका थिए । कार्यक्रमको ब्यबस्थापन सरयू मिडिया प्रालि नेपालगन्जले वडा नम्बर ४ खजुराको सहयोगमा गरेको थियो।