नेपालगञ्जमा आजदेखि खाद्यमेला शुरु
प्रकाशित मिति : २०७५, २८ मंसिर शुक्रबार २३:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, २८ मंसिर । परम्परागत खाद्य वस्तु प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि नेपालगञ्जमा खाद्य मेला सुरु भएको छ।
Advertisement
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बर्षेनी आयोजना गर्दै आएको खाद्य मेलाको आज कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै राज्य मन्त्री चौधरीले अहिलेको आवश्यकता परम्परागत मौलिक खाद्य उत्पादनहरुको संरक्षण र प्रवद्र्धन रहेको बताउनुभयो ।
उहाँले आफ्ना परम्परागत खानाका परिकारहरुको उपभोगलाई प्राथमिकता दिन पनि सबैलाई आग्रह गर्नभुयो । कार्यालय प्रमुख ज्योत्सना श्रेष्ठका अनुसार ‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रर्बद्धन गरौं, असल पोषणका लागि खाने वानीमा सुधार गरौं’ भन्ने नाराका साथ पुष १ गतेसम्म मेला चल्नेछ ।
निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेलामा खाद्य वस्तु सहितका ६० वटा स्टल राखिएका छन् । मेलामा क्षेत्रीय स्तरमा हिमालदेखि तराई, मधेशसम्मका खाद्य वस्तु प्रदर्शनीमा राखिएको कार्यालयले जनाएको छ ।