६ सय केजी गाँजा,पाँच थान हतियार सँगै सात लाख रुपैयाँ बरामद
प्रकाशित मिति : २०७५, २९ मंसिर शनिबार १७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धादिङ.२९ मंसिर। धादिङबाट करिब ६ सय केजी गाँजा, पाँच थान हतियारको साथमा नगद करिब सात लाख रुपैयाँ बरामद गरेको छ।
Advertisement
बेनिघाट रोराङ गाउँपालिका २ स्थित ओवाङको एक घरबाट प्रहरीले पाँच सय ७० केजी गाँजा र पाँच थान बन्दुक, सात लाख ५० हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो।
गाउँमा गाँजाको अवैध कारोवार भइरहेको सूचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिगएको प्रहरी टोलीले धादिङ र मकवानपुरको सीमा क्षेत्र ओवाङगाउँबाट गाँजा, १ थान १२ बोरको बन्दुक, चार नाल भरुवा बन्दुक र नगद सात लाख पचास हजार बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डम्बरबहादुर बिकका अनुसार गाँजा लुकाएको सूचनाका आधारमा प्रहरी पुगेको थियो। ‘विशेष र सूचना प्राप्त भएको थियो। प्रदेश प्रहरी कार्यलयसँग समन्वय गरेर इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलको नेतृत्वमा प्रहरी टोलीलाई गाउँमा परिचालन गर्यौँ’, उनले भने, ‘सूचना अनुसार नै सफलता मिल्यो।’
पक्राउ पर्नेमा बेनिघाट रोराङ गाउँपालिका २ का गुन्जबहादुर घलान, ठूलो कान्छा तामाङ र सानो कान्छा तामाङ रहेका छन्। उनीहरु भरिया मात्रै हुन कि मालिक पनि हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विकले बताए।
अनुसन्धानपछि उनीहरुलाई लागुऔषध ओसारपसार ऐन २०३३ र हातहतियार खरखजाना मुद्दा लगाइने बताइएको छ। पक्राउ पर्नेको साथबाट नगद ७ लाख ५० हजारसमेत बरामद भएकाले पैसाको स्रोत नखुलेमा कानुन अनुसार थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी प्रमुख विकले जानकारी दिए।अन्नपूर्णपोष्टबाट।