नेपालगन्ज कृषि पर्यटन व्यापार एबं सांस्कृतिक महोत्सव अब एक दिन बाँकी
प्रकाशित मिति : २०७५, २५ पुष बुधबार १०:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२५ पुस।नेपालगन्जमा शुरू हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव आउन एक दिन मात्र बाँकी रहेको छ।
Advertisement
भोली( बिहीबार) देखि शुरू हुने महोत्सव २०७५ को अन्तिम तयारी पूरा भई उदघाटन हुन मात्र बाँकी रहेको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा गर्न लागेको महोत्सवको सम्पूर्ण कार्य पुरा भएको प्रचार प्रसार संयोजक सुनिल रेग्मीले बताए।
पुस २६ देखि माघ ८ गते सम्म सन्चालन हुने उक्त महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता समेत हुने छ।
नृत्यतर्फ प्रथम पुरस्कार नगद पचास हजार सहित म्युजिक भिडियोमा समेत अवसर दिईने उक्त प्रतियोगितामा इच्छुकले आवेदन फाराम भर्न सकिने आयोजकले जानकारी दिएको छ।
महोत्सवमा नेपाली गित संगित, कला सांस्कृतिक, भाषा पर्यटन, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने र अव्यवस्थित रुपमा रहेका उत्पादनशिल जग्गा जमिनलाई उपयोगमा ल्याई अर्गानिक कृषि बस्तु उत्पादन गरिने महोत्सवको मुख्य उद्देश्य रहेको संयोजक नन्द बहादुर बुढाले जानकारी दिए।
महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने बुढाले जानकारी गराएका छन्।
महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टरको समेत प्रयोग गरिने भएको छ। महोत्सवमा आउने दर्शकहरुले हेलिकप्टरमा चढि बाँके जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गर्न सक्ने छन। हेलिकप्टरमा भ्रमण गर्नको लागि चाहिँ तोकिएको निश्चित रकम लाग्ने आयोजकले बताएको छ।
महोत्सवको टिकट दर रेट ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया राखिएको प्रचारप्रसार समितिका संयोजक रेग्मीले बताए।
महोत्सवमा ३ सय बढि स्टल रहने छ। महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । यस्तै आयोजकले सबैलाई मेलाको अबलोकन गरिदिन आग्रह समेत गरेको छ।