नेपालगन्ज कृषि पर्यटन व्यापार एबं सांस्कृतिक महोत्सवले पायो हेलिकप्टर उडान अनुमती
प्रकाशित मिति : २०७५, २५ पुष बुधबार १६:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२५ पुस। नेपालगन्जमा शुरू हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ ले हेलिकप्टर उडान अनुमती पाएको छ।
Advertisement
महोत्सवमा हेलिकप्टरबाट अबलोकन गराउने सम्बन्धमा आज बुधबार जिल्ला प्रशाशन कार्यालय बाँकेबाट उडानका लागी अनुमती पाएको छ।
एजी सर्भिसद्वारा हवाई उडान सम्बन्धमा जिल्ला प्रशाशन कार्यालय बाँकेमा दिएको निबेदन अनुसार अन्य दैनिक उडानलाई बाधा नपुग्ने गरी उडान भर्न स्वीकृती पाएको छ।
भोली देखि शुरू हुने महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टरबाट दर्शकहरुले बाँके जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गर्न सक्ने भएका छन्। हेलिकप्टरमा भ्रमण गर्नको लागि चाहिँ तोकिएको निश्चित रकम लाग्ने आयोजकले बताएको छ।
भोली( बिहीबार) देखि शुरू हुने महोत्सव २०७५ को अन्तिम तयारी पूरा भई उदघाटन हुन मात्र बाँकी रहेको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगणमा गर्न लागेको महोत्सवको सम्पूर्ण कार्य पुरा भएको प्रचार प्रसार संयोजक सुनिल रेग्मीले बताए।